रसुवामा एम्बुलेन्स सेवा सञ्चालन

रसुवा, २८ साउन । बिरामी ओसारपसार गराउने कार्यमा सहज पार्न रसुवा रेडक्रश शाखाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
एक वर्ष अगाडिबाट बिग्रिएर थन्किएको एम्बुलेन्स मर्मत गराई चालू् गराइएको रेडक्रश सभापति बाबुलाल तामाङले बताए । एम्बुलेन्स आइतबारबाट सञ्चालनमा आएको हो ।
जिल्ला अस्पतालमा उपचार हुन नसकेका बिरामी हेलिकोप्टरबाट काठमाडाँै लान खर्चको अभाव भइरहेका बेला एम्बुलेन्स सञ्चालनले निकै सहजता ल्याएको जिल्ला अस्पताल रसुवाले जनाएको छ ।
एम्बुलेन्स चाहिने जो कोहीले पनि तुरुन्तै रेडक्रश जिल्ला शाखा धुञ्चेमा सम्पर्क राख्न सर्वसाधारणसँग आग्रह गरिएको छ । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



