भेरी अञ्चल अस्पतालमा अबदेखि सिकलसेल एनिमियाको निःशुल्क जाँच
नेपालगन्ज, १२ साउन । स्थानीय भेरी अञ्चल अस्पतालले विशेषतः थारु समुदायमा हुने सिकलसेल एनिमियाको निःशुल्क परीक्षण शुरु गरेको छ ।
अस्पतालले यसअघि सिकलसेल परीक्षणका लागि प्रतिव्यक्ति रु एक हजार शुल्क लिँदै आएको थियो । सिकलसेल एनिमियाका कारण बिरामी र तिनका परिवारको आर्थिक अवस्थालाई ख्याल गरेर निःशुल्क जाँचको व्यवस्था मिलाइएको सो अस्पतालका प्रमुख डा.प्रकाशबहादुर थापाले बताए ।
यसअघि सो अस्पतालले सिकलसेल एनिमिया भएका प्रत्येक एक जनाबाट रु एक लाख बराबरको निःशुल्क उपचार सेवा दिँदै आएको थियो । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



