सरकार र डा. केसी पक्षबीच पुन: वालुवाटारमा वार्ता

428
Shares

काठमाडौँ, १० साउन ।  सरकार र डा. गोविन्द केसी पक्षबीचको बार्ता अहिले पनि बालुवाटारमा जारी छ । यसअघि ९ बुँदे सहमति भयो भनिए पनि डा केसीले अन्तिममा नमानेपछि वार्ता लम्विएको हो ।

डा केसीले उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने भन्ने बुँदा सम्झौँता पत्रमा नरहेको भन्दै आफ्नो असहमति प्रकट गरेका थिए ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले नमिलेका विषयमा थप छलफल गरेर मिलाउने बताएपछि केसी पक्षका वार्ता टोली पुन बालुवाटार पुगेको छ । अहिले दुबै पक्ष बार्तामा रहेको बताइएको छ ।

‘सकेसम्म आजै सहमति गर्ने विषयमा दुबै पक्ष लागेको छ, स्रोतले भन्यो ‘तर अहिलेसम्म सहमति हुन सकेको छैन ।’

यसअघि नेकपाका नेता सुवास नेम्वाङले नौ बुँदे सहमति भएको उल्लेख गरेका थिए ।

यता डा गोविन्द केसीले सबै वुँदामा सहमति नहुँदासम्म आफ्नो अनसन जारी राख्ने बताएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *