सरकार र डा. केसी पक्षबीच पुन: वालुवाटारमा वार्ता
काठमाडौँ, १० साउन । सरकार र डा. गोविन्द केसी पक्षबीचको बार्ता अहिले पनि बालुवाटारमा जारी छ । यसअघि ९ बुँदे सहमति भयो भनिए पनि डा केसीले अन्तिममा नमानेपछि वार्ता लम्विएको हो ।
डा केसीले उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने भन्ने बुँदा सम्झौँता पत्रमा नरहेको भन्दै आफ्नो असहमति प्रकट गरेका थिए ।
तर प्रधानमन्त्री केपी शर्मा ओलीले नमिलेका विषयमा थप छलफल गरेर मिलाउने बताएपछि केसी पक्षका वार्ता टोली पुन बालुवाटार पुगेको छ । अहिले दुबै पक्ष बार्तामा रहेको बताइएको छ ।
‘सकेसम्म आजै सहमति गर्ने विषयमा दुबै पक्ष लागेको छ, स्रोतले भन्यो ‘तर अहिलेसम्म सहमति हुन सकेको छैन ।’
यसअघि नेकपाका नेता सुवास नेम्वाङले नौ बुँदे सहमति भएको उल्लेख गरेका थिए ।
यता डा गोविन्द केसीले सबै वुँदामा सहमति नहुँदासम्म आफ्नो अनसन जारी राख्ने बताएका छन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

