डा. केसीका मागका विषयमा शिक्षा मन्त्रालयमा वार्ता जारी, सरकारी टोली थपिए

344
Shares

काठमाडौँ, ९ साउन । बालुवाटारमा उच्चस्तरीय छलफलपछि सरकार र डा गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता अहिले शिक्षा मन्त्रालयमा बसिरहेको छ । दिउसो साढे १ बजे देखि शुरु बार्ता अहिले पनि जारी छ ।

आजको बार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बरालको नेतृत्वमा ५ जनाको टोली सहभागी छ । टोलीका अन्य सदस्यमा गृहमन्त्रालयका सहसचिव केदार न्यौपाने, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी छन् । सरकारी टोलीबाटै आज उच्च शिक्षा शाखाका सहसचिव डा हरि लम्साल र चिकित्सा शिक्षा आयोगका सदस्य सचिव लालजंग चौहान समेत सहभागि छन् ।

यता डा केसीका तर्फबाट डा अभिषेकराज सिहको नेतृत्वमा डा जीवन क्षेत्री, अभिवक्ता सुरेन्द्र भण्डारी र ओमप्रकाश अर्याल सहभागी छन् ।

हिजो भएको बार्ता र विहानको उच्चस्तरीय छलफल पछि बार्ता सकारात्मक मोडमा पुगेको बताइएको छ । तर अझै केही विषयमा दुबै पक्षले अडान छाडेका छैनन् ।

मन्त्रालय स्रोतका अनुसार संसदमा पुगेको चिकित्सा शिक्षा विधेयकका बारेमा डा केसी पक्षले २२ बुँदामा संसोधन गर्न माग गरेको छ ।
आजको छलफल सोही विषयमा केन्द्रीत छ ।

‘अरु विषयमा लगभग हिजो नै टुंगिएको हो । अब बाँकी त्यहि चिकित्सा शिक्षा विधेयकमा समेटनु पर्ने विषयहरु हुन्,’ स्रोतले भन्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *