डा. केसीलाई काठमाडौँ ल्याइदै, हेलिकप्टर सहित टोली जुम्ला पुग्यो, शिक्षण अस्पतालमा उपचार हुने

काठमाडौँ, ३ साउन । सरकारले डा गोविन्द केसीलाई काठमाडाँै ल्याउने भएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले भर्खरै पत्रकार सम्मेलन गरी सो जानकारी दिएका छन् ।

त्यसका लागि शिक्षा सचिव सहितको टोली हेलिकप्टर लिएर जुम्ला पुगेको मन्त्री पोखरेलले बताए ।

उता जुम्लामा भने डा केसीलाई जवरजस्ती उठाउन लागिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक विद्यार्थी तथा आम सर्वसाधारणले प्रदर्शन गरेका छन् ।

प्रतिष्ठान वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरेको जुम्लामा रहेका डा नारायण कँडेलले जनाएका छन् ।

जुम्लामा डा केसीलाई रेक्स्यु गर्न नदिन प्रतिकारका लागि तयारी अवस्थामा रहेका विद्यार्थीहरु

डा केसीलाई लिन नेपाली सेनाको हेलिकप्टरमा शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीसहितको टोली जुम्ला पुगेको मन्त्री पोखरेलले जानकारी दिएका हुन् ।

जुम्लाबाट उनलाई त्रिवि शिक्षण अस्पतालमा ल्याएर राखिने बताइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *