डा. गोविन्द केसीलाई काठमाडौँ ल्याउने विषयमा केन्द्रीत

176
Shares

काठमाडौँ, १ साउन । दिउसो स्थगित भएको सरकार र डा गोविन्द केसीका प्रतिनिधिबीच पुन बार्ता शुरु भएको छ । केही बेर अघि शिक्षा मन्त्रालयमा जारी बार्ता डा केसीलाई काठमाडौँ ल्याउने विषयमा केन्द्रीत भएको बुझिएको छ ।

यसअघि डा केसीका प्रतिनिधिले सरकारी पक्ष डा केसीलाई काठमाडौँ ल्याउने विषयमा मात्रै केन्द्रीत भएको आरोप लगाएका थिए । तर सरकारी प्रतिनिधिहरुले भने डा केसीको स्वास्थ्य जटिल भइरहेको भनिएका बेला अरुमा केन्द्रीत हुन सान्दर्भिक नै नहुने भन्दै बचाउँ गर्दै आएका थिए ।

सरकारले बार्ता टोली घोषणा गरिदिए आफूहरुले डा केसीलाई काठमाडौँ ल्याउने अनौपचारिक सहमति डा केसी पक्षका टिमसम्म पहिल्यै भएको सरकारी टोलीले दावी गरेको छ । केसीले पक्षले भने संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक सरकारले फिर्ता लिएपछि मात्रै डा केसीलाई काठमाडौँ ल्याउन सकिने बताउने गरेको छ ।

‘अब चाही डा केसीलाई काठमाडौँ ल्याउने विषयमा दुबै पक्ष सहमति नजिक पुगेका छौँ । बरु डा केसीलाई कुन अस्पतालमा राख्ने भन्नेमा मत बाँझिएको बुझिएको छ,’ बार्ताटोलीका एक सदस्यले भने । उनका अनुसार  सरकारी टोलीले बीर अस्पतालमा राख्न प्रस्ताव गरेका छन् तर डा केसी पक्षले त्रिवि शिक्षण अस्पतालमा राख्नुपर्ने अडानमा छन् ।

‘जहाँ राखेपनि अब ढिलाई हुँदैन केसीलाई सके राती नै नभए भोलिसम्म ल्याइन्छ,’ स्रोतले भन्यो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *