सरकारद्धारा डा. गोविन्द केसीसंग बार्ता टोली गठन

320
Shares

काठमाडौँ, ३२ असार । सरकारले अनशनरत डा गोविन्द केसीसंग बार्ता गर्न तीन सदस्यीय टोली गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय बार्ता टोली गठन गरेको हो ।

टोलीमा स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयका सहसचिव सदस्य छन् ।

चिकित्सा शिक्षा सुधारका लागि भन्दै जुम्लामा १७ दिन देखि आमरण अनशन बसेका डा केसीको स्वास्थ्य अवस्था विग्रँदै जाँदा सरकारले टोली गठन गरेको हो । यसअघि डा केसीले बार्ताका लागि आफ्ना टोली तयारी अवस्थामा रहेका बताएका थिए । यद्धपी डा केसीका तर्फबाट को को बार्तामा सहभागी हुनेछन् भन्ने सार्वजनिक भइसकेको छैन् ।

यता डा केसीको स्वास्थ्य अवस्था विग्रँदै जाँदा सरकारले बार्ता नथालेको भन्दै आलोचना शुरु भएको थियो । नेपाल चिकित्सक संघले डा केसीको स्वास्थ्यका लागि भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गर्नेवाला थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *