जाजरकोट : कार्यालय सहयोगीको भरमा स्वास्थ्य संस्था

152
Shares

जाजरकोट, २८ असार । यहाँको एक दुर्गम ठाउँमा रहेको स्वास्थ्य संस्थामा कार्यालय सहयोगीले स्वास्थ्य चलाउने गरेका छन् ।

जिल्लाको जुनिचाँदे गाउँपालिका–८ मा रहेको सामुदायिक स्वास्थ्य इकाई कार्यालय सहयोगीको भरमा चलेको छ । वैशाख ५ गतेदेखि कार्यालय सहयोगी नरबहादुर बस्नेतको भरमा सो कार्यालय सञ्चालन हुँदै आएको छ ।

यहाँ कार्यरत अहेव लोकेन्द्र बस्नेत वैशाख ५ देखि कार्यालयमा हाजिर नभएको पाइएको हो । बिरामी जाँच्नेदेखि औषधि वितरण सम्मको कामसम्म कार्यालय सहयोगी नरबहादुरले गर्दै आएको बताए। अहिले यो स्वास्थ्य संस्थामा मौज्दात रहेको औषधिसमेत म्याद गुर्जिएको अवस्थामा रहेको पाइएको छ ।

दैनिक ३० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने भए पनि उपचारको अभावमा फर्कने गरेको कार्यालय सहयोगी बस्नेतले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *