नेपाल स्वयंसेवी रक्तदाता समाज महोत्तरी शाखा गठन

76
Shares

महोत्तरी, २७ असार । नेपाल स्वयंसेवी रक्तदाता समाजको आवहानमा सीतापूर,भंगहा नगरपालिकामा बृहत रक्तदान तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।

स्थानीय युवाहरू र चिकित्सा प्रयोगशाला विज्ञान संघ नेपालको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा ४१ जनाले रक्तदान गरेको थिए । उक्त कार्यक्रममा स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई सम्मान गरिएको थियो ।

भंगहा नगरपालिकाका नगर प्रमुख संजीव कुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथि चिकित्सा विज्ञान प्रयोगशाला संघ नेपालका केन्द्रीय अध्यक्ष बिनोदकुमार यादव, नेस्वरस केन्द्रीय कार्यसमिति सदस्य साथै धनुषा जिल्ला शाखा कार्यालयका अध्यक्ष शिवकुमार शाह र अतिथिमा स्थानीय समाजसेवी भरत यादव तथा नेपाली काँग्रेस तरूण दलका जिल्ला सभापति सुरेश यादव सहभागी थिए ।

उक्त अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजले भंगहा नगरपालिकामा रक्तदान जस्तो पबित्र कार्यको शुभारम्भगरि विजारोपण गरेको भन्दै नेरेसो जनकपुर रक्तसंचार केन्द्रका प्रमुख नारायण न्यौपानेले सो कदमको प्रशंसा गरे ।

सोही अवसरमा नरेश कुमार शाहको संयोजकत्वमा ११ सदस्यीय नेपाल स्वयंसेवी रक्तदाता समाज महोत्तरी जिल्ला शाखा समेत गठन गरिएको छ ।

सदस्यहरुमा भरत यादव, नवीन मण्डल, ईन्द्रेश यादव, कमलेश सिंह, अवजीत यादव, सन्तोष शाह, सलिम राईन मियाँ, मुकेश यादव, सुरेश शाह र कृष्ण यादव रहेका छन् । रहनु भएको छ ।

महोत्तरीमा समिति बनेपछि नेपाल स्वयंसेवी रक्तदाता समाजको जिल्ला शाखाको संख्या २४ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *