दाङ : जंगली च्याउ खाँदा ६ जना बिरामी

64
Shares

दाङ, २५ असार । यहाँ जंगली च्याउ खाँदा आइतबार ६ जना बिरामी परेका छन् ।

तीमध्ये घोराही उपमहानगरपालिका–९, खैरा निवासी ४३ वर्षीया बालिका डाँगीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

डाँगीको हाल बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ । आइतबार बेलुका च्याउ खाएलगतै बेहोस भएकी बालिकाको आज बिहानसम्म पनि होस खुल्न नसकेको भन्ने खबर आएको प्रहरीले बताएको छ ।

कोहलपुरमै उपचार गराइरहेकी सोही ठाउँ निवासी ४० वर्षीया हिमा डाँगीको अवस्था भने सामान्य बन्दै गएको छ । च्याउ खाएर बिरामी परेकामध्ये घोराही– ९ दुबिचौर निवासी थप चारजना भने राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको उपचारपछि घर फर्किसकेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय जंगलबाट टिपेर ल्याएको च्याउ आइतबार बेलुका पकाएर खाएलगत्तै उनीहरु सबै बिरामी परेको प्रहरीले जानकारी दिएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *