काउन्सिलले स्वास्थ्य पत्रकार मञ्चसंग सहकार्य गर्ने

156
Shares

काठमाडौँ, १३ असार । प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले स्वास्थ्यमा रिपोर्टिङ्ग गर्ने पत्रकारहरु बढी जिम्मेवार हुनुपर्ने बताएका छन् । स्वास्थ्य अति सम्वेदशील विषय भएको भन्दै उनले स्वस्थ्य पत्रकारहरु रिपोर्टिङ्गका क्रममा बढी जिम्मेवार हुनुपर्ने बताएका हुन् ।

पत्रकार आचार संहिताका बारेमा बुधबार स्वास्थ्य पत्रकार मञ्चसंग गरेको छलफलका क्रममा स्वास्थ्यको विषयमा गलत समाचार प्रकाशित भएको भन्दै थुप्रै उजुरी परेको जनाउँदै पत्रकारहरुले सम्वेदनशील र विषयको गाम्भीर्यतालाई सोचेर मात्रै समाचार लेख्न आग्रह गरेका हुन् ।

उनले पत्रकारको बृत्तिविकासका लागि तालिम तथा अरु कार्यक्रमका लागि मञ्चसंग सहकार्य गरी अघि बढ्ने बताए ।

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष कल्पना आचार्यले पेशागत सुरक्षाका लागि स्वास्थ्य बीटका पत्रकारहरु गोलबद्ध भएको बताउँदै भविस्यमा काउन्सिलसंग सहकार्य गरी अघि बढ्ने बताइन ।

छलफलमा मञ्चका तथा काउन्सिलका पदाधिकारीहरु र सदस्यहरुको उपस्थिति रहेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *