दाङ : स्वास्थ्य चौकी हस्तान्तरण

20
Shares

दाङ, ९ असार । दाङ देउखुरीस्थित गढवा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ ।

रु एक करोड ७२ लाख ३० हजारको लागतमा सो भवन निर्माण भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका इञ्जिनियर राजेन्द्र पाण्डेयले जानकारी दिए ।

बालमैत्री र अपांगमैत्री चर्पी रहेको सो भवनको तल्लो तल्लामा ११ कोठा र माथिल्लो तल्लामा आठ कोठा छन् ।

भवन हस्तान्तरण समारोहमा स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष बालचन्द्र हमालले भवन निर्माणसँगै सेवामा सहजता हुने विश्वास व्यक्त गरे । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *