प्रतिकिलो रु २० मा जडीबुटी निर्यात

काठमाडौं, ८ असार । नेपालमा प्रशोधन केन्द्र र प्रविधिको विकास नभएको कारण नेपाली घरेलु उद्योगको सोचेअनुसार विकास हुन नसकेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । 

जडीबुटीको धनी नेपालमा जडीबुटीको प्रशोधन हुनसके प्रतिकिलो रु २० मा विदेश निर्यात हुने जडीबुटीबाट नेपालले पर्याप्त आर्थिक लाभ लिन सक्ने सम्भावना छ । त्यस्तै कर्णाली प्रदेशमा पाइने जेम्स स्टोन पनि नगन्य मूल्यमा विदेशमा जाने गरिएको सो महासंघले जनाएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले नेपाली उद्यमीले न्यून पूँजीबाट वस्तु उत्पादन गर्ने तथा पुरानो प्रविधिका र ठूलो संख्यामा वस्तु उत्पादन नहुने कारण नेपाली ग्राहकको आकर्षणमा कमी तथा वस्तु उत्पादनमा लागत बढी लाग्ने गरेको बताए

महासंघले दिएको जानकारीअनुसार नेपालको राष्ट्रिय अर्थतन्त्रमा कूल गार्हस्थ उत्पादनको ९० प्रतिशत औद्योगिक क्षेत्रको योगदान रहेको छ । त्यस्तै कूल राष्ट्रिय निर्यातको ७० प्रतिशत योगदान रहेको छ।

सानो स्केलमा सञ्चालन हुने लघु तथा घरेलु उद्योगबाट हरेक परिवारलाई पाँचदेखि १० जना सदस्यलाई रोजगारी दिने तथा विदेश पलायन हुने युवा शक्तिलाई रोकेको छ।

देशका ७७ जिल्लामा छरिएर रहेका महासंघसँग दुई लाख ९० हजार घरेलु तथा लघु उद्यमी आबद्ध छन् भने महिलाको सहभागिता बढाउन ५८ जिल्लामा महासंघको केन्द्रीय महिला उद्यमी कमिटीको सञ्जाल रहेको छ। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *