न्यूरो अस्पतालको नामको अगाडि डा. देवकोटाको नाम जोडिने

काठमाडौँ, ६ असार । न्यूरो अस्पताल नामबाट परिचित बाँसबारीस्थित नेशनल इन्स्टिच्यूट अफ मेडिकल एण्ड एलाइड साइन्सको नाम परिवर्तन भएको छ।
अस्पतालका संस्थापक बरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको मृत्युपछि अस्पतालको नामको अगाडि उनको नाम जोडिएको छ। उनको सपनाको अस्पताल भएका कारण अस्पतालको नामको अगाडि डा. देवकोटाको नाम थप्ने निर्णय अस्पातलले गरेको छ ।
अस्पताल बोर्डले अबदेखि न्यूरो अस्पतालको नाम उपेन्द्र देवकोटा नेशनल मेमोरियल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेज राख्ने निर्णय गरेको हो।
डा. देवकोटाले उक्त अस्पताल सन् २००६ अप्रिल १३मा स्थापना गरेका हुन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



