डा.उपेन्द्र देवकोटाको अन्त्येष्टि मंगलबार गरिने, सात दिनसम्म काजकिरिया

72
Shares


काठमाडौँ, ४ असार। वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको अन्त्येष्टि मंगलबार गरिने भएको छ ।

सोमबार साँझ ५ बजेर ३५ मिनेटमा निधन भएका डा. देवकोटाको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने र ७ दिनमा काजकिरिया सक्ने बताइएको छ ।

देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ देखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ ।

डा.देवकोटाको काजकिरिया उनकी पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने र काजक्रिया सात दिनमा सम्पन्न गरिने पनि अस्पतालले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *