पाल्पामा सत्र जना कुष्ठरोगी भेटिए

पाल्पा, २८ जेठ पाल्पा जिल्लामा १७ जना कुष्ठरोगका बिरामी फेला परेका छन् ।

चालु आर्थिक वर्षको अहिलेसम्म सात महिला र १० पुरुष गरी जम्मा १७ जनामा कुष्ठरोग फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका क्षय तथा कुष्ठरोग अधिकृत विश्वनाथ न्यौपानेले जानकारी दिए ।

यसरी फेला परेका १७ बिरामीमध्ये छ बिरामीले कुष्ठरोगको औषद्योपचार पूरा गरेको उनको भनाइ छ ।

समाजमा डर र लाजका कारण कुष्ठरोगी अझै पनि खुल्न नसकिरहेको अवस्था छ, कुष्ठरोग अधिकृत न्यौपानेले भन्नुभयो, “जिल्लामा सरदर वर्षेनी १५ देखि २५ जनामा कुष्ठरोगको लक्षण देखिन्छ ।”

कुष्ठरोग लागेमा नियमित औषधि सेवन गरियो भने यो रोग निको हुन्छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *