रातोपुल क्षेत्रका स्थानीयलाई प्रोस्टेट समस्याबारे प्रशिक्षण
काठमाडौँ, २७ जेठ । रातोपुल क्षेत्रका स्थानीयबासीलाई प्रोस्टेट, पिसाव र मिर्गौला सम्वन्धि समस्याका बारेमा प्रशिक्षण दिइएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र रातोपुल र प्रोस्टेट फाउन्डेशन नेपालको सहकार्यमा शनिबार त्यस क्षेत्रका स्थानीयवासीलाई प्रशिक्षण दिइएको हो ।
प्रशिक्षणका लागि लाइफ इन्टरनेशनल क्लिनिक मध्यबानेश्वरबाट कन्सलट्यान्ट युरोलोजिष्ट डा दीपक रौनियारको टोली खटिएको थियो । सो अवसरमा डा रौनियारले प्रोस्टेट, पिसाव र मिर्गौला सम्वन्धी समस्या देखिन सक्ने कारण र समाधानका उपायका बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सहभागि सर्वसाधारणहरुले डा रौनियारसंग आफ्ना समस्याहरु राखेका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



