विश्व रक्तदाता दिवसका कार्यक्रम शुरु
काठमाडौँ, २५ जेठ । विश्व रक्तदाता दिवसका अवसरमा रक्तदानसम्बन्धी जनचेतनामूलक जानकारी दिने उद्देश्यले आजदेखि सप्ताहव्यापी कार्यक्रम शुरु भएको छ ।
ब्लड डोनर्स एशोसिएशन, नेपालको मुख्य आयोजनामा विभिन्न संघसंस्थाको संमन्वयमा आजदेखि यही जेठ ३१ गतेसम्म रक्तदानसम्बन्धी विभिन्न कार्यक्रम हुँदैछ ।
प्रत्येक वर्ष जुन १४ मा पर्ने उक्त दिवसका सन्दर्भमा रक्तदानसम्बन्धी महिला अन्तक्र्रिया हुँदैछ भने शनिबार बृहत् रक्तदान तथा नेगेटिभ रक्तसमूह अन्तक्र्रिया हुनेछ । यही जेठ २७ गते युवा रक्तदाता भेटघाट, २८ गते उपत्यकाव्यापी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, २९ गते उपत्यकाव्यापी विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, ३० गते रक्तदान जनचेतना ¥याली र जेठ ३१ गते बृहत् रक्तदान, विश्व रक्तदाता दिवस मूल समारोह कार्यक्रम तथा दीपप्रज्वलन कार्यक्रम रहेको छ ।
एशोसिएशनका कार्यबाहक अध्यक्ष रमेशध्वज बस्नेतले रगतको अभाव हुन नदिनका लागि आफ्नो संस्थाको प्रयास जारी रहने बताउँदै यस सप्ताहब्यापि अवधिमा जनचेतना फैलाउने र उत्प्रेरणा दिने खालका कार्यक्रम गरिने जानकारी दिए।
एशोसिएशनका सदस्य विनोद तुलाधरले उक्त संस्थाले विगत २५ वर्षदेखि रक्तदानको क्षेत्रमा काम गर्दै अएको जानकारी दिए। रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



