२४ र २५ जेठका लागि तय भएको स्वास्थ्यकर्मी संघको अधिवेशन स्थगित

232
Shares

काठमाडौँ, १९ जेठ । आगामी २४ र २५ जेठमा हुने भनिएको नेपाल स्वास्थ्यकर्मी संघको सातौँ अधिवेशन स्थगित भएको छ । आयोजक पक्षले प्राविधिक तथा व्यवस्थापकीय तयारी नपुगेको भन्दै अधिवेशन स्थगित भएको जनाएको छ ।

शुक्रबारको बैठकले गरेको निर्णय भन्दै जारी गरिएको विज्ञप्तीमा अधिवेशनको नयाँ मिति तोकिएको छैन ।

यता अध्यक्षमा उम्मेद्धारी दिने घोषणा गरेका संघका सह अध्यक्ष ओम उपाध्यायले अन्तिम अवस्थामा अधिवेशन स्थगित गर्ने निर्णय अध्यक्षको स्वेच्छाचारी कदम भन्दै आपत्ति जनाएका छन् । उनले तत्काल अधिवेशनको मिति सार्वजनिक गर्न माग गरेका छन् ।

संघ कांग्रेस निकट स्वास्थ्यकर्मीहरुको संस्था हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *