पत्रकार दीपक दाहाललाई ‘रोटरी जोर्नो अवार्ड’

काठमाडौँ, १९ जेठ । स्वास्थ्य पत्रकार दीपक दाहाल ‘रोटरी जोर्नो अवार्ड २०१८’ बाट सम्मानित भएका छन्। शनिबार एक कार्यक्रमकाबीच रोटरी क्लवले उनलाई सम्मान गरेको हो।
पत्रकारिताका माध्यमबाट स्वास्थ्य क्षेत्रमा योगदान पुरयाएको भन्दै क्लवले उनलाई सम्मान गरेको हो । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट तथा क्लवका डिस्ट्रिक गर्भनर सञ्जय गिरी लगायतका पदाधिकारीले नगद तथा कदरपत्रबाट सम्मान गरे।
विगत डेढ दशक देखि पत्रकारिता क्षेत्रका सक्रिय दाहाल नागरिक दैनिकमा आवद्ध छन् ।
कार्यक्रममा दाहालसँगै पत्रकार मकर श्रेष्ठ, राधा चालिसे, बिनु पोखरेल, बसुन्धरा गौतम तथा वातावरण पत्रकार समूहको कार्यक्रम आखिझ्याललाई विभिन्न विद्यामा अवार्ड प्रदान गरिएको थियो।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



