मेचीमा आँखाको नानी सङ्कलन
काँकडभिट्टा, १९ जेठ । मेची आँखा अस्पतालले आँखा दान गरेका व्यक्तिको मरणोपरान्त आँखाको नानी सङ्कलन गरेको छ ।
मृतकबाट सङ्कलित आँखाको नानी आँखा नदेख्ने जीवित व्यक्तिलाई प्रत्यारोपण गरिने छ । यसरी प्रत्यारोपण गर्दा एक न्यून दृष्टियुक्त व्यक्तिले नयाँ संसार हेर्न पाउने छन् । अस्पतालले दमक–८ की ४४ वर्षीया सपना भट्टराईको देहान्तपछि आँखाको दुवै नानी निकालेर आँखा बैङ्कमा पठाएको छ ।
भट्टराईले जीवित हुँदा नै काठमाडौँको तिलगङ्गा आँखा अस्पतालमा आँखा दान गरेकी थिइन् । अस्पतालका स्वास्थ्य प्राविधिक पुष्प अधिकारी र सहयोगी होमप्रसाद धितालले कन्काई घाटमै पुगेर मृतकको आँखाको नानी निकालेका हुन् ।
रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



