म्याग्दी : बेवारिसे बिरामीको अस्पतालमै मृत्यु, आफन्तको खोजी

12
Shares

म्याग्दी, १५ जेठ । म्याग्दीको बेनीमा अचेत अवस्थामा भेटिएका बिरामीको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको छ ।

बेनीको कर्मचारी मिलन केन्द्र नजिक सडकमा अचेत अवस्थामा भेटिएका अन्दाजी ४० वर्षीय पुरुषलाई स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरी अस्पतालमा उपचारका लागि लगेको थियो ।

गत शुक्रबार बिहान अस्पतालमा पु¥याए पनि उपचारकै क्रममा आइतबार दिउँसो अस्पतालका चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता दीपक महत क्षत्रीले बताए । अचेत अवस्थामा अस्पतालमा पु¥याइएका बिरामी निमोनियाले ग्रसित भएपनि चिकित्सकले उपचारको प्रयास गरेको बेनी अस्पतालका डा नवराज बस्ताकोटीले बताए ।

डा वस्ताकोटीले अचेत अवस्थामै थप उपचारका लागि पोखरा लैजाने प्रयास गरिए पनि बिरामीको अचेत अवस्थामै मृत्यु भएको जानकारी दिए ।

बेवारिसे शवलाई अस्पतालको शवगृहमा राखिएको छ । प्रहरीले आफन्तको खोजी भइरहेको जनाएको छ । परिवार र आफन्तको खोजी भइरहेको अवस्थामा पनि फेला नपरे निश्चित प्रक्रिया पूरा गरी अन्त्येष्टि गरिने प्रहरीको भनाइ छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *