बर्डफ्लुको सङ्क्रमण फेला परेपछि रुपन्देहीको नाकामा उच्च सतर्कता

44
Shares

रुपन्देही, १४ जेठ । चितवन र काठमाडौँमा बर्डफ्लुको सङ्क्रमण फेला परेपछि रुपन्देहीको नाकामा उच्च सतर्कता अपनाइएको छ ।

जिल्लाको सीमा क्षेत्र सुनौली, मर्चवार, धकधई, गजेडीलगायतका क्षेत्रमा जाँच कडा बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला इभियन इन्फ्लुयन्जा प्राविधिक समितिका संयोजक उदयबहादुर रानाले जानकारी दिए ।

उनले क्वारेन्टाइन चेक पोष्टलाई निगरानीमा कडा हुन आग्रह गरेको उल्लेख गर्दै सूचना प्रवाह र जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भएको बताए ।

जिल्ला पशु सेवा कार्यालय, रुपन्देहीका प्रमुख डा विनय कर्णले जोखिमको क्षेत्र पहिचान गरी निगरानी बढाइएकामा जोड दिँदै जिल्लाका संवेदनशील क्षेत्र र आवतजावत हुने क्षेत्रमा विशेष ध्यान दिइएको बताए ।

उनले भने, “हामीले बर्डफ्लुको सङ्क्रमण रोक्नका लागि विभिन्न समूह परिचालन गरेका छौँ ।” रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *