नियमविपरित सरुवा गरिएको भन्दै स्वास्थ्यकर्मी संघद्धारा विरोध
काठमाडौँ, १४ जेठ । नेपाल स्वास्थ्यकर्मी संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नियम विपरित स्वास्थ्य सेवाका कर्मचारी सरुवा गर्न उद्धत रहेको भन्दै आपत्ति जनाएको छ ।
आइतबार विज्ञप्ती जारी गर्दै संघले कर्मचारीको मनोवल गिर्ने गरी आस्थाका आधारमा सरुवा गर्ने भएको भन्दै यस्ता गतिविधि तत्काल बन्द गर्न समेत मन्त्रालयको ध्यानाकर्षण गराएको छ । मन्त्रालयले हालैका दिनमा नवौँ,ँ दशौँ र एघारौँ तहका कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरेको थियो ।
संघका अध्यक्ष रामजी घिमिरेद्धारा जारी विज्ञप्तीमा २ बर्ष अवधी नपुग्दै सरुवा गर्ने, खारेज हुने क्रममा रहेका स्वास्थ्य संस्थामा सरुवा गर्ने लगायतका काम भएको उल्लेख छ । कांग्रेस निकटको सो संगठनले सरकारले जनताका लागि पहिले नै उपलव्ध गराएका सेवाहरु हाल बन्चित गराएको समेत दावी गरेको छ ।
स्वास्थ्यमा सरकार तथा मन्त्री परिवर्तनसंगै कर्मचारी परिवर्तन हुने पुरानो चलन हो । हरेक मन्त्रीहरुले कामको सुरुवात कर्मचारी सरुवाबाट सुरु गर्ने गरेको पाइन्छ ।
सम्पर्क इमेल : [email protected]