माउन्ट लार्क स्कुलमा केडीसीको दन्त शिविर

76
Shares

काठमाडौँ, ७ जेठ । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा रिसर्च सेन्टर कम्युनिटी डिपार्टमेन्ट अफ डेन्ट्रष्टीको प्राविधिक सहयोगमा आइतबार मनमैजुस्थित माउन्ट लार्क सेकेन्डरी स्कुलमा निशुल्क मुख तथा दन्त शिविरको आयोजना गरिएको छ ।

उक्त शिविरमा २२० जना विद्यार्थी र १० जना शिक्षक सहित २३० जनाको मुख तथा दन्त परीक्षण गरिएको थियो । सो क्रममा १० जना विद्यार्थीको दाँत झिकिएको समेत थियो ।

शिविरका लागि डा श्रृष्टी शाहको नेतृत्वमा डा अन्जु खापुङ, डा रोशिना भट्टराई, डा सुनिता खनाल सहित इन्टर्न तथा बीडीएस तेस्रो बर्षका विद्यार्थीहरु सहभागी भएका थिए ।

टोलीले शिविरमा सहभागी शिक्षक तथा विद्यार्थीहरुलाई मुख तथा दन्त स्वास्थ्यको बारेमा प्रशिक्षण समेत दिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *