मानव सेवा आश्रममा रहेका ५९ जनाको नि:शुल्क स्वास्थ्य परीक्षण

132
Shares

चितवन, ७ जेठ । भरतपुर – १० स्थित बाइपास रोडमा रहेको मानव सेवा आश्रममा आश्रय लिएर बसेका व्यक्तिहरुको नि:शुल्क स्वास्थ्य परीक्षण भएको छ ।

भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले आइतबार आश्रममा रहेका ५९ जना व्यक्तिरुको नि:शुल्क स्वास्थ्य परीक्षण गरेको हो ।

स्वास्थ्य परीक्षण गर्न अस्पतालबाट मनोरोग विशेषज्ञहरु डाक्टर विवेचना सिग्देल, डाक्टर रामप्रकाश साह, जनरल फिजिसियनहरु डाक्टर श्यामकृत पटेल, डाक्टर विपुल भगत र छाला तथा कुष्ठरोग विशेषज्ञ डाक्टर शाकार गुरुङ सो आश्रममा पुगेका थिए ।

अस्पतालका जनसम्पर्क तथा बजार व्यवस्थापक दुर्गाप्रसाद न्यौपानले सामाजिक उत्तरदायित्व अन्तरगत मानव सेवा आश्रममा रहेको व्यक्तिहरुको नि:शुल्क रुपमा स्वास्थ्य परीक्षण गरिएको जानकारी दिए ।

नेपाललाई २०८२ सालसम्म सडक मानवमुक्त मुलुक बनाउने उद्देश्यले मानवीय सेवा गर्दै आएको मानव सेवा आश्रमका विभिन्न १० वटा जिल्लामा साढे चार सय जनाले आश्रय लिइरहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *