नुवाकोट : शिविरमा ८४ जनाको मोतियाबिन्दुको उपचार

48
Shares

नुवाकोट, ५ जेठ । मोतियाबिन्दु भएर आँखाको ज्योति गुमाएका यहाँका चौरासी जनाको पुनःज्योति फर्काइएको छ ।

मोतियाबिन्दु लागेका बिरामीका लागि जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको आयोजनामा दुईदिने निःशुल्क शिविरमा उनीहरुको गुमेको ज्योति फर्काइएको हो ।

दृष्टि गुमाएकाको तथ्यांक संकलन गरी प्रदान गरेको सेवामार्फत उनीहरुले अब स्पष्टसँग आँखा देख्नसक्ने भएको सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख शंकर अधिकारीले जानकारी दिए ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखासँगको सहकार्यमा विशेषज्ञ चिकित्सकमार्फत केन्द्रको कार्यालय विदुरमा शल्यक्रिया गरी ज्योति फर्काउन सफल भएकाले उनीहरुले आगामी दिनमा सरसफाइमा ख्याल गर्दै समयसमयमा जाँच गराएमा नियमितरुपमा दृष्टि पाउने अधिकारीले बताए।

जिल्लाको विभिन्न स्थानमा गरिएको निःशुल्क आँखा शिविर र केन्द्रमा जाँच गर्न आएका बिरामीको तथ्यांक संकलन गरी आयोजना गरिएको निःशुल्क शल्यक्रियामा सम्पर्कमा आएका सबैलाई दुई दिनमा समेटिएको केन्द्रले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *