धुलो धुवाँका कारण श्वास–प्रश्वासका बिरामी वृद्धि

76
Shares

ललितपुर, ५ जेठ । धुलो र धुवाँका कारण चापागाउँ र त्यस आसपासका क्षेत्रमा श्वास–प्रश्वासका बिरामी वर्षेनी बढिरहेका छन् ।

गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा आउने बिरामीका आधारमा यस क्षेत्रमा श्वास–प्रश्वाससम्बन्धी समस्या धेरैमा रहेको पाइएको छ । अस्पतालका निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठ अस्पतालमा उपचारका लागि आउनेमध्ये सबैभन्दा बढी श्वास–प्रश्वाससम्बन्धी समस्याका बिरामी भएको बताउँछन् ।

बालबालिकादेखि ज्येष्ठ नागरिकमा श्वास–प्रश्वाससम्बन्धी समस्या पाइएको छ । निमोनिया, दम, छातीको खराबी, क्षयरोग, टन्सिललगायत समस्या लिएर बिरामी आउने गरेका छन् । उनी भन्छन्, “भर्ना हुने बिरामी र ओपिडी दुवैतिर यिनै बिरामी सबैभन्दा बढी छन् ।”

वातावरण प्रदूषणकै कारणले श्वास–प्रश्वाससम्बन्धी समस्या बढिरहेको उनी बताउँछन् । चापागाउँ र त्यस आसपासमा बस्ती बाक्लिँदै गएको छ । उनी भन्छन्, “बस्ती बाक्लो भएका ठाउँमा सरुवा रोगको झण्डै खतरा रहन्छ ।”

अस्पतालमा मासिक झण्डै ३५ जना श्वास–प्रश्वाससम्बन्धी विभिन्न रोगका बिरामी भर्ना भइरहेका छन् । अस्पताल केही समय पहिले जिल्ला अस्पतालमा बढुवा भए पनि सामुदायिक अस्पतालकै रुपमा छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *