डा यादव विरुद्ध मुद्दा दायर

काठमाडौँ, ४ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवीका निमित्त निर्देशक डा रामदेव यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगकाअनुसार निमित्त निर्देशक डा यादवले आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षणमा सहभागी गराउनका लागि रु ३७ हजार घुस मागेको अभियोग लागेको छ ।
आयोगले बिगो असुल गरी चार महिना कैद सजाय माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए। रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



