बुटवलको आम्दा अस्पताललाई एक करोड रुपैयाँको उपकरण सहयोग

104
Shares


बुटवल, १ जेठ । रोटरी क्लब अफ बुटवल डाउनटाउनले बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) लाई रु एक करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ ।

क्लबले आफ्नो १७ औँ स्थापना दिवसका अवसर पारेर आज स्वास्थ्य उपकरण अस्पतालका निर्देशक डा विनोद पराजुलीलाई हस्तान्तरण गरेको हो ।

क्लबले रोटरी इन्टरनेशनल कार्यक्रम अन्तर्गत आम्दा अस्पतालका लागि इसिजी, भेन्टिलेटर र ल्याप्रोसकोपी मेसिन सहयोग गरेको हो ।

क्लबका अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा सम्पन्न उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले यस क्षेत्रमा स्थापना भएका सामाजिक संस्थाहरुको भूमिका अत्यन्त प्रशंसनीय भएको बताए ।

मन्त्री गिरीले सबैले आ–आफ्नो स्थापनाको लक्षित उद्देश्य र भूमिकालाई स्मरण गर्ने हो भने नेपाली समाज स्वस्थ्य र स्वच्छ हुने बताए ।

कार्यक्रममा बुटवल उपमहानगर पालिकाका प्रमुख शिवराज सुवेदीले रोटरी क्लब अफ बुटवल डाउन टाउनले आम्दा अस्पताललाई गरेको सहयोगले धेरै आमा र शिशुको जीवन बचाउन सहयोगी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा आम्दा अस्पतालका निर्देशक विनोद पराजुली, रोटरी डिस्ट्रिक ३२९२ का असिस्टेन्ट गर्भनर बालकृष्ण अर्याल लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

क्लबले आफ्नो १७ औँ स्थापना दिवस मनाउने क्रममा पाल्पाको सत्यवतीमा रहेको एक विद्यालयमा तीन कम्प्युटर र २२ थान फर्निचर वितरण गरिसकेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *