प्रधानमन्त्री ओलीद्वारा डा देवकोटाको स्वास्थ्य लाभको कामना

196
Shares

काठमाडौँ, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज डा देवकोटाको उपचार भइरहेको न्यूरो अस्पतालमा पुगेर उहाँको स्वास्थ्यलाभको कामना गरेका हुन्। पित्त थैलीको क्यान्सर रोगले थलिनु भएका डा देवकोटा न्यूरो अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले डा देवकोटाको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताललाई निर्देशन दिएका छन् ।  रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *