तेह्रथुम : सुत्केरीका लागि अस्पताल भर्ना भएकी महिलाको मृत्यु, लापरबाही गरेको आफन्तको आरोप

316
Shares

तेह्रथुम, २५ वैशाख । तेह्रथुम जिल्ला अस्पतालमा प्रसूति हुन नसकी एक महिलाको मृत्यु भएको छ । तीन दिनअघि प्रसूति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको ज्यान गएको हो ।

अस्पतालको सामान्य डेलीभरी कक्षमा राखिएकी उनको चिकित्सकको लापर्बाहीको कारण ज्यान गएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।

रत्नमायाको सोमबार साँझ ज्यान गएको अस्पतालले जनाएको छ । बच्चासमेत नबाँचेपछि परिवार र महिला अधिकारकर्मीले अस्पताल प्रशासनको चरम लापर्बाही भन्दै विरोध गरेका छन् ।

अस्पताल परिसर तनावग्रस्त बनेको छ । प्रशासनले अस्पताल परिसरमा प्रहरी परिचालन गरेको छ । प्रसूतिको ब्यथा नै नलागी महिलाको मृत्यु भएको परिवारले दाबी गरेको छ । मृत्युको कारणबारे अस्पताल प्रशासनले आधिकारिक जानकारी दिएको छैन । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *