राष्ट्रपतिद्वारा डा देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी

224
Shares

काठमाडौँ, २२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

पित्त थैलीको क्यान्सरबाट पीडित डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न राष्ट्रपति भण्डारी आज बाँसबारीस्थित न्यूरो अस्पताल पुगेकी थिइन् ।

राष्ट्रपति भण्डारीले डा देवकोटासँग संक्षिप्त कुराकानी समेत गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । भेटका क्रममा राष्ट्रपति भण्डारीले देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गरिन् ।

बेलायतको एक अस्पतालमा उपचारका लागि पुगेका डा देवकोटा केही दिनअघि मात्रै स्वदेश फर्किएका हुन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *