आँखा अस्पतालमा नयाँ भवन शिलान्यास

44
Shares


लहान, २२ वैशाख । सगरमाथा चौधरी अस्पतालको बहिरङ्ग विभाग नयाँ भवनको सांसद पद्मनारायण चौधरी र नेपाल नेत्र ज्योति महासंघका अध्यक्ष तीर्थप्रसाद मिश्रले शुक्रबार शिलान्यास गरेका छन् ।

अस्पतालले ३० वर्षदेखि बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । सांसद चौधरीले बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको र पुरानो भवनमा बिरामी नअटाउने भएकाले आधुनिक किसिमको सेवासुविधा दिन भवन बनाउन लागिएकामा सन्तोष व्यक्त गरे। महासङ्घका अध्यक्ष तीर्थप्रसाद मिश्रले सेवा विस्तार र गुणस्तर वृद्धि गर्न आग्रह गरे । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *