जिल्ला स्वास्थ्य कार्यालयको संरचना असार मसान्तसम्म यथास्थितिमै

काठमाडौँ, २७ चैत । संघीय सरकारले जिल्ला स्वास्थ्य तथा जनस्वास्थ्य कार्यालयहरुको संरचना यहि रुपमा आगामी असार मसान्तसम्म कायम राख्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले जिल्ला स्वास्थ्य तथा जनस्वास्थ्यको अहिलेको संरचना आगामी असार मसान्तसम्म यथास्थितिममै राख्ने निर्णय गरेको छ ।

यद्धपी त्यसको अन्तिम स्वीकृति भोलिबस्ने मन्त्रिपरिषद् बैठकबाट लिने तयारी गरेको छ । यसअघि संघीय संरचना कार्यान्वयन हुँदै गर्दा जिल्ला स्वास्थ्य तथा जनस्वास्थ्य कार्यालयहरु भोलि (२८ चैतबाट) स्वत खारेज हुने थियो ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भोलि बस्ने मन्त्रिपरिषदको बैठकमा जिल्ला स्वास्थ्य जनस्वास्थ्य कार्यालयहरु कम्तीमा असार मसान्तसम्म यथास्थितिमा राख्ने प्रस्ताव लैजाने तयारी भएको बताए ।उनले भने, ‘हामीले जिल्ला स्वास्थ्य जनस्वास्थ्य कार्यालयहरु आगामी असार मसान्तसम्म यहि संरचनामा नै रहने गरी निर्णय गर्न प्रस्ताव लैजाँदै छौँ । किनभने आर्थिक बर्षको बीचमा कार्यालयको अस्थित्व नामेट हुँदा त्यसमा हालसम्म भइरहेको कार्यक्रमहरु अन्योल हुन्छ । अरु धेरै कुरा पनि व्यवस्थापन गर्न बाँकी नै छ । त्यसैले हामीले कम्तीमा असारसम्म अहिलेकै संरचनामा रहोस भन्ने प्रस्ताव लैजाँदै छौँ ।’

यसअघि जिल्ला जनस्वास्थ्य खारेज गरी दुई वा तीन जिल्लालाई समेटेर फिल्ड कार्यालय राख्ने बताइएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *