त्रिशूली अस्पतालमा आगलागी, लाखौँको क्षति

नुवाकोट, १८ चैत । त्रिशूली जिल्ला अस्पतालको दन्त विभागमा आज आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
आज अपराह्न अस्पतालको दन्त विभागमा करेन्ट सर्ट भएर लागि भएको प्रहरीले जनाएको छ । आगलागीबाट रु २२ लाख भन्दा धेरैको क्षति भएको जिल्ला अस्पतालका निमित्त प्रमुख डा विवेक केसीले बताए ।
आगलागीबाट एक्स रे मेसिन, एक्स रे स्क्यानिङ मेसिनलगायत सामग्री नष्ट भएको छ । आगो स्थानीयवासी, इलाका प्रहरी कार्यालय कोलनीका प्रहरी सहायक निरीक्षक राजु लामिछानेको नेतृत्वको टोली र विदुर नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रण गरिएको थियो । आगलागीबाट अस्पतालको दन्तसम्बन्धी सम्पूर्ण सेवा अवरुद्ध भएको छ । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



