डा केसी माथिल्लो डोल्पाका घरघरमा
दुनै डोल्पा, १७ चैत । डा गोविन्द केसी स्थानीयवासीलाई घरघरमै उपचार सेवा प्रदान गर्न डोल्पाको माथिल्लो धो तराप उपत्यकामा आइपुगेका छन् ।
स्थानीयवासीलाई हाडजोर्नीदेखि अन्य जाँच गर्न आफू उक्त वस्तीमा आइपुगेको डा केसीले जानकारी दिए ।
माथिल्लो डोल्पामा रहेका वृद्धदेखि अन्य बिरामीसम्मले सहजै स्वास्थ्य उपचार नपाउने र निकै भारी काम गर्नुपर्ने भएकाले हड्डीसम्बन्धी समस्या धेरै नै खेप्नुपर्ने भएकाले आफूले माथिल्लो डोल्पाको धो नै रोजेको बताए।
करिब ४ हजार मिटरको उचाइमा रहेको डोल्पो बुद्ध गाउँपालिकाको धोका स्थानीयबासीलाई घरमै उपचार गर्न औषधिसहित डा केसी यहाँ आइपुगेका हुन्।
जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरुको सहयोगमा डा केसीले तीन दिनसम्म त्यहाँ बसी स्थानीयवासीको उपचार गर्ने जनाइएको छ ।
स्वास्थ्य क्षेत्रका सामान्य कर्र्मचारी पनि नदेखेका स्थानीयवासीले हाडजोर्नीका विशेषज्ञ घरमै पाउँदा भगवान नै पाएको अनुभुति गरेको स्थानीय अगुवा छिरिङफुर्वा गुरुङले बताए । रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



