चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्षमा प्रा.डा. भगवान कोइराला

0
Shares

dr bhagawan
नेपाली हेल्थ /काठमाडौँ – सरकारले शिक्षामन्त्रीको अध्यक्षतामा अधिकारसम्पन्न चिकित्सा शिक्षा आयोग गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले गठन गरेको आयोगका कार्यकारी उपाध्यक्ष प्राडा भगवान कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आयोगका अन्य सदस्यहरुमा प्रतिष्ठानका तर्फबाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डिन डा सिर्जना श्रेष्ठ, प्राडा अर्जुन कार्की, प्राडा जगदीशप्रसाद अग्रवाल, डा श्रीकृष्ण गिरी र नीजि मेडिकल कलेज तर्फबाट डा सुरेश कनोडिया रहेका छन् ।

यसैगरी आयोगको पदेन सदस्यमा स्वास्थ्य र शिक्षा मन्त्रालयका सचिव, मेडिकल  र नर्सिङ काउन्सिलका अध्यक्ष रहनेछन् ।

त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले बुधबार मात्रै अधिकारसम्पन्न चिकित्सा शिक्षा आयोगको गठन गर्न समेत सरकारले ढिलाई गरेको भन्दै सोमबारबाट अनसन बस्ने चेतावनि दिएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *