खोटाङमा ११४ जना आँखाका बिरामीको जटिल शल्यक्रिया

44
Shares

खोटाङ, ११ चैत । लामो समयसम्म आँखाका जटिल समस्या खेपिरहेका जिल्लाका ११४ जना बिरामीको शल्यक्रिया गरिएको छ ।

पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमअन्तर्गत सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ खोटाङको संयोजनमा जिल्ला अस्पताल दिक्तेल र प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्कमा आयोजना गरिएको निःशुल्क आँखा शल्यचिकित्सा शिविरका क्रममा ११४ जनाको शल्यक्रिया गरिएको हो ।

बिहीबारदेखि दिक्तेलमा शुरु गरिएको तीनदिने निःशुल्क आँखा उपचार शिविरमा आँखामा जालो पर्ने, मोतिया बिन्दु लगायतका समस्या भएका ७६ जनाको तथा चैत ४, ५ र ६ गते ऐँसेलुखर्कमा गरिएको निःशुल्क आँखा उपचार शिविरमा ३८ को शल्यक्रिया गरिएको संघका सचिव इन्द्र कसजूले बताए । जिल्ला अस्पतालमा ७५१ र ऐँसेलुखर्कमा ४८१ को आँखाको जाँच गरिएको नेपाल संघले जनाएको छ ।

आँखा उपचार शिविरमा डा टी छिरिङवाङ्चुङ भुटिया लगायतका १० स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा प्रदान गर्नुभएको सचिव कसजूले बताए । आँखाका बिरामीका लागि जिल्लाको तीन ठाउँमा प्राथमिक उपचार भए पनि शल्यक्रिया भने हुन सकेको थिएन । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *