पर्यटकका लागि आकष्मिक स्वास्थ्योपचार सेवा

16
Shares

भक्तपुर, २७ फागुन । यहाँ आउने पर्यटकका लागि आकष्मिक स्वास्थ्योपचार सेवा शुरु भएको छ ।

भक्तपुर पर्यटन विकास समिति र डा इवामुरा अस्पतालबीच आज सोसम्बन्धी सम्झौता भएको हो । सम्झौतानुसार अस्पतालले भक्तपुरमा आउने पर्यटकलाई निःशुल्क एम्बुलेन्स सेवा, विषाक्त खानालगायतको आकष्मिक रुपमा आवश्यक पर्ने स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले जानकारी दिए ।

उनका अनुसार पर्यटकका लागि आकष्मिक सेवा प्रदान गर्ने कुनै अस्पताल नभएकाले इवामुराले पर्यटन विकास समितिसँग सम्झौता गरी पर्यटकलाई सेवा प्रदान गरेको हो।

पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले दुई निकायबीच भएको सम्झौताले भक्तपुरमा पर्यटक थप आकर्षित हुने विश्वास व्यक्त गरे । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *