एक लाखको आँखा परीक्षण

32
Shares

नुवाकोट, २५ फागुन । सदरमुकाम विदुरमा १५ वर्षदेखि सञ्चालन हुँदै आएको नुवाकोट सामुदायिक आँखा केन्द्रले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेको छ ।

विदुर नगरपालिका–२ विदुरमा एक रोपनी पाँच आना जग्गामा भवन निर्माण गरी सेवा प्रवाह शुरु गरिएको हो । यसअघि नेपाल रेडक्रस सोसाइटीको भवनमा सेवा सञ्चालन गरिँदै आएको थियो ।

रु ४५ लाखको लागतमा बनेको छकोठे प्रिफ्याब भवन उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले सामुदायिक आँखा केन्द्रले नुवाकोटमा हजाराँैंको सेवा गरेको बताए । विसं २०६० चैत १ गतेदेखि सञ्चालित सो केन्द्रले हालसम्म एक लाख १२ हजार जनाको आँखा परीक्षण गर्नाका साथै चार हजार ५०० जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नाका साथै तालीम दिएको केन्द्रका प्रमुख शंकर अधिकारीले जानकारी दिए ।

केन्द्रले नुवाकोट र रसुवाका साथै नुवाकोटसँग सीमा जोडिएका धादिङका बासिन्दाको समेत सेवा पु¥याउँदै आएको छ । केन्द्रको भवन निर्माणका लागि आवश्यक जग्गा स्ट्यान्डर्र्ड चार्टर्ड बैंकले खरिद गरिदिएको हो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *