मिर्गौला प्रत्यारोपितसंग भएको प्रतियोगितामा चिकित्सकको टीम ५ – २ गोल अन्तरले पराजित
काठमाडौँ, २५ फागुन । मिर्गौला प्रत्यारोपित र चिकित्सकबीच भएको मैत्रीपूर्ण फुटवल खेल प्रत्यारोपितको पक्षमा परेको छ ।
विश्व मिर्गौला दिवसको अवसरमा आरोग्य प्रतिष्ठान र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विहीबार आयोजना गरेको मैत्रीपूर्ण खेलमा चिकित्सकहरुको समूह ५-२ गोल अन्तरले पराजित भएको हो ।
चिकित्सकहरुको टोलीमा कलाकार तथा नागरिक समाजका प्रवुद्ध व्यक्तिहरु सहभागी थिए । हरेक बर्ष बैशाख १ गते हुने खेलकुद प्रतियोगिता भने यसपटक अगाडी सारिएको हो ।
दिवसकै अवसरमा लगनखेलस्थित नेपाली सेनाको खेल मैदानमा प्रतिष्ठान र केन्द्रले दौड प्रत्यारोपित व्यक्तिहरुबीच दौड प्रतियोगिता समेत राखेको थियो । सो प्रतियोगितामा १०० मिटर तर्फ (४० बर्ष भन्दा कम) महिला तर्फ गीता श्रेष्ठ प्रथम, तुलसा भट्टराई दोश्रो र प्रतिमा लोहनी तेश्रो भएका छन् ।
यसैगरी १०० मिटर (४० बर्ष भन्दा माथि) मा सानु शोभा शाक्य पहिलो । सुमिनाथामा दोश्रो तथा सुलोचना श्रेष्ठ तेश्रो भएका थिए ।
पुरुष १०० मिटर दौड (४० बर्षभन्दा कम) मा श्रीराम चौलागाई प्रथम, राजेश प्रजापति दोश्रो तथा जीवनलाल रन्जितकार तेश्रो भएका छन् ।
त्यसै गरी पुरुष १०० मिटर दौड (४० बर्षभन्दामाथि) मा बिष्णुलाल तुसु श्रेष्ठ प्रथम, अरुण तुलाधर दोश्रो र सदाशिब भण्डारी तेश्रो भएका छन् ।
आजै भएको अर्को प्रतियोगिता महिला २०० मिटर दौडतर्फ गीता श्रेष्ठ प्रथम, श्री तुलसा भट्टराई दोश्रो तथा सानु शोभा शाक्य तेश्रो भएका छन् ।
पुरुष २०० मिटर (४० बर्ष भन्दा कम) मा नरेश खत्री प्रथम, दिनेश कुमार चौधरी दोश्रो तथा अरुण तुलाधर तेश्रो भएका छन् । पुरुष २०० मिटर (४० बर्षभन्दा माथि) मा खिमबहादुर रुचाल प्रथम, राजेश प्रजापती दोश्रो तथा झम्क श्रेष्ठ तेश्रो भएका छन् । त्यस्तै पुरुष ४०० मिटर दौडमा कृष्ण राम थापा प्रथम, कबिराज गैरे दोश्रो तथा हरि प्रसाद काफ्ले तेश्रो भएका छन् ।
उता बुधबार बालाजुस्थित कवर्ड हलमा सम्पन्न अंग प्रत्यारोपितहरुबीचको ब्याडमिन्टन महिलातर्फ प्रतिमा लोहनी प्रथम, लक्ष्मी महर्जन दोश्रो तथा गीता श्रेष्ठ तेश्रो भएका छन् । पुरुषतर्फ उदिम राई प्रथम, उज्वल दाहाल दोश्रो तथा रामेश्वर देवकोटा तेश्रो भएका छन् । पुरुष भेटरान्सतर्फ प्रेमरत्न मानन्धर प्रथम, बिष्णुलाल तुसु श्रेष्ठ दोश्रो तथा शालिक राम राना तेश्रो भएका छन् ।
यसैबीच प्रतिष्ठान र केन्द्रको आयोजनामा पहिलो पटक मिर्गौला प्रत्यारोपण सम्वन्धी सम्मेलन भएको छ । मिर्गौला रोगबाट पिडितहरु, अंगदाता अंग प्रत्यारोपित व्यक्तिहरु, राजनीतिज्ञ, समाजसेवी, चिकित्सक, कलाकारहरुको उपस्थिति रहेको थियो ।
सम्पर्क इमेल : [email protected]