कान्तिपुर डेन्टलद्धारा पाँचसय चौध स्कुले विद्यार्थीको नि:शुल्क दन्त परीक्षण

208
Shares


काठमाडौँ, २३ फागुन । महाराजगञ्जस्थित कान्तिपुर डेन्टल हस्पिटलले करीब पाँचसय स्कुले विद्यार्थीको नि:शुल्क दन्त परीक्षण गरेको छ ।

बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेजको सहयोगमा हस्पिटलले मंगलबार र बुधबार हात्तिगौडास्थित यूरो स्कुलका १ देखि १० कक्षा सम्मका विद्यार्थीको मुख तथा दन्त परीक्षण गरेको हो ।

परीक्षणका क्रममा दाँत किराले खाने समस्या, गिजाको समस्या, दाँत नमिलेको तथा हर्सा हुने जस्ता समस्या देखिएको थियो ।सो अवसरमा टोलीले मुख तथा दाँतको हेरचाह गर्ने तरिकाका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण गराएको थियो ।

कान्तिपुर डेन्टलले यसअघि पनि धेरै विद्यालयमा पुगेर नि:शुल्क दन्त परीक्षण शिविर राख्दै आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *