स्वास्थ्य चौकीलाई जग्गा दान
इलाम, १९ फागुन । रोङ गाउँपालिका–२ मा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर निर्माणका लागि स्थानीय समाजसेवीले करीव रु छ लाख मूल्य पर्ने तीन रोपनी जग्गा निःशुल्क दान दिएका छन् ।
स्थानीय डिकबहादुर राई, वीरबहादुर राई र रामप्रसाद राईले एक एक रोपनी जग्गा दान गरेको वडाध्यक्ष टेकबहादुर तामाङले बताए ।
सो वडामा स्वास्थ्य चौकी बर्थिङ सेन्टर नहुँदा स्थानीयवासीलाई सेवा लिनका लागि घण्टौँ धाउनुपर्ने बाध्यता छ । उक्त जग्गामा बर्थिङ सेन्टरसहितको सुविधा सम्पन्न भवन बनाउने योजना तयार गरिएको छ । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



