डाक्टर र इमर्जेन्सी सेवासहितको एम्बुलेन्स सञ्चालन

32
Shares

दाङ, १८ फागुन । यहाँ पहिलो पटक डाक्टर र इमर्जेन्सी सेवासहितको एम्बुलेन्स सञ्चालनमा आएको छ ।

दाङको लमहीमा रहेको फ्लोरेन्स अस्पतालले ‘क’ वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । निजी क्षेत्रको लगानीमा सञ्चालन भएको अस्पतालले रु २० लाख खर्च गरेर एम्बुलेन्स सञ्चालन गरेको हो ।

एम्बुलेन्समा डाक्टरसहित इमर्जेन्सी औषधि, मुटुको चाल थाहा पाउने मेसिन, फोक्सोलाई दिइने कृत्रिम अक्सिजन, नेबुलाइजर, रक्तचाँप जाँच्ने व्यवस्थासहित सुविधा रहेको अस्पतालका डाक्टर पुष्प भुसालले जानकारी दिए ।

यसले गर्दा यहाँका बिरामीलाई सहज हुने बताइएको छ । सो एम्बुलेन्सको बिहीबार एम्बुलेन्स सञ्चालन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ र सदस्य सचिव जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले निरीक्षण गरी एम्बुलेन्स सञ्चालनको स्वीकृति दिएका हुन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *