बर्दियामा मोतिबिन्दु शिविर, ५२१ जनाको शल्यक्रिया

32
Shares

गुलरिया, बर्दिया, १८ फागुन । बर्दियाको गुलरियामा मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ ।

चार दिनसम्म सञ्चालित शिविरमा ५२१ मोतिबिन्दुका बिरामी लाभान्वित भएका छन् । नेपाल रेडक्रश सोसाइटी शाखा बर्दिया, शिवगंगा प्राथमिक आँखा उपचार केन्द्र गुलरियाकोे आयोजनामा मोतिबिन्दु शल्यक्रिया गुलरियामा सञ्चालन गरिएको थियो ।

जिल्लामा भएका मोतियाबिन्दुका बिरामीको शिविरबाट पहिचान गरेर शल्यक्रियाका लागि गुलरियामा बोलाइएको हो । जिल्लाका राजापुर, मानपुरटपरा, ठाकुरद्वारा, कालिका, मोतिपुर, वेलवा, जमुनी, बनियाभार, मगरागाडी, धधवारमा शिविर सञ्चालन गरी दुई हजार ९५८ बिरामीको आँखा जाँच गर्दा मोतिबिन्दुका बिरामीको पहिचान गरी शल्यक्रियाका लागि गुलरिया लगिएको उपचार केन्द्र गुलरियाका इञ्चार्ज हरि केसीले जानकारी दिए ।

तिलगंगा आँखा केन्द्र काठमाडौँको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा शल्यक्रिया गरिएका सबै बिरामी स्वस्थ आँखा देख्ने भएर घर फर्किएको प्राविधिक कृष्ण मित्रले बताए ।

बर्दियाका १० स्थानबाट छनोट गरिएका ७५५ र प्राथमिक उपचार केन्द्र गुलरियाबाट ४५ जनाको मोतिबिन्दुका बिरामीको पहिचान गरिएको हो । आठ सय मोतिबिन्दुका बिरामीमा सबैको शल्यक्रिया गर्ने लक्ष्य राखे पनि विभिन्न कारणले सबै बिरामी आउन नसकेको इञ्चार्ज केसीले बताए ।

शल्यक्रिया गरिएका बिरामीलाई गुलरियाका विभिन्न विद्यालय, अस्पताल र उपचार केन्द्रमा राखिएको थियो । यसको सबै व्यवस्थापन बर्दिया रेडक्रसले गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *