गर्भवतीको मृत्युपछि सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त

88
Shares

सप्तरी, १७ फागुन ।  प्रसूतिका लागि भर्ना भएकी गर्भवती महिलाको मृत्यु भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त भएको छ ।मृतकका आफन्तहरुले चिकित्सकको वेवास्ताले गर्भवतीको मृत्यु भएको भन्दै नाराबाजी गरेका छन् । 

सप्तरी विष्णुपुर गाउपालिका १ पर्साहीकी अनिता यादवको गएराती १ बजे अस्पतालमा ज्यान गएपछि आफन्तहरु आक्रोशित भएका हुन् । उनीहरुले गर्भवतीलाई रातीको समयमा समस्या बढेका बेला चिकित्सकलाई बोलाउँदा नआएकोले ज्यान गएको आरोप लगाएका छन् ।

अनिताका पती रमेश यादवले बुधबार राती १० बजेदेखि व्यथा बढदै गएको र अवस्था असहज बन्दै जाँदा डाक्टर दिलिप साहलाई पटक पटक फोन गरेको तर उनी नआएको आरोप लगाए । उनले चिकित्सककै वेवास्ताका कारण ज्यान गएको आरोप लगाए ।

मृत्युको खवर पछि यादवको गाँउबाट सर्वसाधारण आएर अस्पतालमा नाराबाजी गरेका छन् ।यद्धपी अहिले जिल्ला प्रशासन कार्यालयमा बार्ता सुरु भएको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *