नेपाल मेडिकल काउन्सिलका चार पूर्व अध्यक्ष सम्मानित
काठमाडौँ, १६ फागुन । आफ्नो ५५ औँ स्थापना दिवसको अवसर पारेर नेपाल मेडिकल काउन्सिलले आज ४ जना पूर्व अध्यक्षलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा पूर्व अध्यक्ष डा. सोमनाथ अर्याल, डा. भोजराज जोशी, डा. सुदीपकुमार भट्टाचार्य र डा. मनिन्द्ररन्जन बराल रहेका छन् । उनीहरुलाई मायाको चिनो प्रदान गरिएको काउन्सिल सदस्य डा. कृष्ण अधिकारीले बताए ।
यसअघि काउन्सिलले सम्मानका लागि सात जना पूर्व अध्यक्षलाई बोलाएको थियो । तर अरु तीन पूर्व अध्यक्षहरु डा. दामोदर गजुरेल, डा. जागेश्वर गौतम र डा. पूर्णचन्द्र कर्माचार्यहरु अनुपस्थित रहे । काउन्सिलको पूर्वअध्यक्षद्धय डा. लक्ष्मीनारायण प्रसाद र डा. अन्जनीकुमार शर्माको भने निधन भईसकेको छ ।
कार्यक्रममा काउन्सिलका पूर्व रजिष्टारहरु, उपाध्यक्षहरु, प्रतिष्ठानका पूर्व तथा बर्तमान उपकुलपतिहरु, चिकित्साशास्त्र अध्ययन् संस्थानका पूर्व तथा बर्तमान उपकुलपतिहरु, पूर्व स्वास्थ्य सचिवहरु, स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशकहरु, निजी अस्पतालका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



