महाकाली अञ्चल अस्पतालमा जनशक्तिको अभाव अब हट्नेछ : मन्त्री सोडारी
कञ्चनपुर । प्रदेश नं ७ का सामाजिक विकास मन्त्री दीर्घ सोडारीले महाकालीअञ्चल अस्पतालमा चाँडै दक्ष जनशक्तिको व्यवस्था मिलाइने बताएका छन् ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालमा आज हात्तीपाइले (फाइलेरिया) रोग निवारण अभियान २०७४ को शुभारम्भ गर्ने क्रममा उनले लामो समयदेखि चिकित्सकको अभाव खेप्दै आएको अस्पतालमा चिकित्सकको व्यवस्था मिलाइने बताए ।
मन्त्री सोडारीले आफू अस्पतालको भौतिक पूर्वाधार विकासको कार्यसमेत अगाडि बढाउन तत्पर रहेको बताए ।
अञ्चाल अस्पतालमा चिकित्सकको अभाव हुँदा त्यस क्षेत्रका सामान्य बिरामीले समेत उपचार गराउन भारत तर्फ जानुपर्ने बाध्यता रहेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



