झापामा एक हजार १५ जना हात्तीपाइलेका रोगी

40
Shares

झापा । झापामा एक हजार १५ जनामा हात्तीपाइले रोगको संक्रमण देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बिहीबार पत्रकार सम्मेलन गर्दै सो तथ्यांक तथ्यांक सार्वजनिक गरेको हो ।

झापाका शहरी क्षेत्रका सर्वसाधारणले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन नगरेका कारण रोगीको संख्या अझैं नघटेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत वेदप्रकाश घिमिरेले बताए ।

झापामा हालसम्म छैठौंपटकसम्म औषधि वितरण गरिए पनि हात्तीपाइले रोगीको संख्या नघटेकाले यो वर्ष पनि झापामा फागुन १२, १३ र १४ गते हात्तीपाइले विरुद्धको औषधि वितरण गरिने उनले बताए ।

आठ लाख ९५ हजार ४१९ जनसंख्या रहेको झापामा यस पटक एक लाख ४८ हजार ९६६ जनाले औषधि सेवन गर्ने जनाइएको छ । दुई वर्ष मुनीका बालबालिका तथा ७० वर्षमाथि उमेर समूहका मानिसलाई औषधि सेवन नगराइने जनाएको छ । त्यस्तै सुत्केरी, दीर्घरोगीलाई पनि यो औषधि सेवन गर्न नहुने जनस्वास्थ्य अधिकृत जीवन चौलागार्इंले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *